थुनामा रहेका व्यक्ति छुटाइदिन्छु भन्दै ११ लाख घुस लिने प्रहरी हवल्दार अख्तियारको फन्दामा
सांकेतिक तस्वी।
काठमाडौं। एकजना महिला प्रहरी हवल्दार आइतबार ११ लाख घुस रुपैयाँसहित पक्राउ परेकी छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको थुनामा रहेका भन्सार कार्यालयका कर्मचारीलाई छुटाईदिने भन्दै ११ लाख घुस लिएको अवस्थमा प्रहरी हवल्दार ताराकुमार श्रेष्ठलाई अख्तियारको टोलीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरमा कार्यरत हवल्दार ताराकुमारी श्रेष्ठ र रेष्टुरेन्ट सञ्चालक अनिश जोशीलाई अख्तियारको टोलीले पक्राउ गरेको अख्तियारले जनाएको छ। दुबैजना आइतबार साँझ घुस रकमसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय परिसरबाट पक्राउ परेका हुन्।
प्रेस विज्ञप्ति
महानगरीय प्रहरी बृत्त नयाँबानेश्वरमा कार्यरत प्र।ह। तारा कुमारी श्रेष्ठले भन्सार चोरी निकासीको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंले महानगरी प्रहरी बृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाई दिन्छु भनी सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीद्वारा निज तारा कुमारी श्रेष्ठलाई सेवाग्राहीबाट रु ११,००,०००। (एघार लाख रुपैयाँ) अतिरिक्त रकम लिई Old Town Café and Pub Restaurant Chabahil का संचालक अनिस जोशीलाई राख्न दिएको अवस्थामा उक्त रकमसहित निजहरु दुवैलाई जिल्ला काठमाडौं कामनपा वडा नं ९ स्थित त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौंको कार्यालय प्रवेश गर्ने मुलगेट अगाडिबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।







डिसी नेपाल







Facebook Comment