छुट्टिए प्रचण्ड–माधव, माधव नेपाल समूहद्वारा एमालेमै फर्किने निर्णय
काठमाडौं। सर्वोच्च अदालतले तत्कालिन एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि प्रचण्डसँग मिलेर तत्कालिन एमालेबाट टाढा गएको माधवकुमार नेपाल समूह एमालेमै फर्किने भएको छ। सोमबार पेरिस डाँडामा भएको प्रचण्ड–माधव समूहको बैठकबाटै माधव समूहले एमालेमा फर्किने निर्णय गरेको हो।
पत्रकारहरुसँग कुरा गर्दै तत्कालिन एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफूले एमालेमै फर्किने निर्णय गरेको बताए। उनले अब एमाले र माओवादी अलग अलग भएकोसमेत बताए। यो समूहले एमालेमै फर्किने निर्णय गरेसँगै प्रचण्ड–माधवको गठबन्धन भत्किएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment