बोलेरोले किचेर एकको मृत्यु

डिसी नेपाल
२४ फागुन २०७७ २१:४६
36
Shares

चरीकोट । दोलखाको वैत्येश्वर गाउँपालिका–६ नाम्दुमा बोलेरोले किचेर एक जनाको मृत्युभएको छ । वैत्येश्वर गाउँपालिका–६ को नाम्दु पैयूँखोलामा वा१४च ९९९३ नंको बोलेरोले किचेर नाम्दु निवासी ४० वर्षीय बद्री थामीको घटनास्थलमा नै मृत्यु भएको दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले बताए।

यात्रु लिएर नाम्दुको पैयूँखोलाको भित्री सडकमा गएको बोलेरोको सापटक भाँचिएपछि रोकेर यात्रुहरु ओर्लिएको र सोही क्रममा रोकेको बोलेरोमा ओत लगाउँदै गर्दा उक्त बोलेरो गुडेर बद्री थामीलाई किचेको र थामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शवपरीक्षणका लागि चरीकोट ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको दोलखा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताए । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *