पराजयको डरले अध्यक्ष र सचिवले निर्वाचन स्थगन गरेका थिए : बरिष्ठ उपाध्यक्ष गिरी
काठमाडौं । सामुदायीक रेडियो प्रशारक संघ (अकोराब)का बरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले निर्वाचन स्थगन विधान विपरित भएको प्रतिक्रिया दिएका छन्। डिसी नेपालसँग कुरा गर्दै गिरिले भ्रामक कारण देखाएर अध्यक्ष तथा सचिवले निर्वाचन स्थगित गर्नु विधान विपरित भएको प्रतिक्रिया दिएका हुन्।
अध्यक्ष र सचिवले पराजय हुने सुनिश्चित भएपछि डरले अबैधानिक बाटो अपनाउनु परेको गिरीले टिप्पणी गरे। उनले डिसी नेपालसँग भने, ‘स्थगन गर्न नमिल्ने हो। विधान विपरित हो। एकल हिसाबले तर्कहिन कारण देखाउँदै निर्वाचन स्थगन गरिनु आपत्तिजनक हो। राति ११ बजेर २७ मिनेटमा इमेल गर्दै स्थगन गरिएको जानकारी आएको थियो।’
उनले आज ९ बजे उद्घाटन समारोह राखिएको भएता पनि उक्त कारणले अलि पर सारिएको जानकारी दिए। बाहिरबाट आएका प्रतिनिधिहरुलाई अफ्ठेरो भएको उनले जानकारी दिए।
विहान कार्यसमितिको बैठक बसेर अध्यक्ष तथा सचिवलाई स्पष्टिकरण पनि सोधिएको र निलम्बन गरिएको जानकारी दिए। उनले भने, ‘हामी २९ जना सदस्यमध्ये १९ जनाको उपस्थितिसहितको बैैठक बस्यौं। उहाँहरुलाई २४ घण्टे स्पष्टिकरण पनि सोधिएको छ। सार्थै उहाँहरुलाई हामीले निलम्बन पनि गरिसकेका छौं।’
‘अध्यक्ष र सचिवले अहिले हुने निर्वाचनमा आफूले हार्ने भएपछि निर्वाचन स्थगित गर्नु भएको हो।’ गिरीले भने, ‘ओली पक्षीय प्रेस संघठन, प्रेस युनियन लगायतका रेडियोहरुको गठबन्धन भएपछि उहाँहरुले हार्ने पक्का भयो। त्यही हार्ने संकेत देखेपछि उहाँहरुले विधान विपरित निर्वाचन स्थगित गर्नु भएको हो।’







डिसी नेपाल







Facebook Comment