आर्मी क्लब ८७ रनमै रोकियो
काठमाडौं । काठमाडौँ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब ८७ रनमै रोकिएको छ । मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मी क्लबको सुरुवात राम्रो हुन सकेन । टोलीका ओपनर सोमपाल कामी ५ राजु रिजाल ४ रनमा आउट भए । टोलीका लागि लोकेश बमले सर्वाधिक ३२ रन बनाउदा बिक्रम सोबले १४ र रोहित पौडेलले १३ रन बनाए । आर्मी तिन खेलाडीहरु बाहेक अन्यले दोहरो अंकमा रन बनाउन सकेनन ।
नेपाल पुलिस क्लबका लागि सागर ढकालले १० ओभरमा दुई मेडन सहित ४० रन खर्चेर सर्वाधिक ५ विकेट लिए । टोलीका लागि पवन शर्राफले ३ विकेट लिदा ललित राजबंशीले दुई विकेट लिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment