कोमल वलीद्वारा रघुजी पन्त विरुद्ध मुद्दा दायर

डिसी नेपाल
२५ फागुन २०७७ १२:४०
188
Shares

काठमाडौं। राष्ट्रियकी सांसद एवं गायिका कोमल वलीले एमाले नेता रघुजी पन्त विरुद्ध मुद्दा दायर गरेकी छन्। वलीले पन्त विरुद्ध काठमाडौं जिल्ला अदालतमा गालीबेइज्जतीको मुद्दा दायर गरेकी हुन्।

तत्कालीन नेकपा प्रचण्ड–माधव नेपाल समूहको विरोध कार्यक्रममा पन्तले राष्ट्रियसभा सदस्य वली विरुद्ध उत्ताउले अभिव्यक्ति दिएका थिए। पन्तले वलीलाई पिँडुला देखाएको भरमा सांसद बनेको आरोप लगाएका थिए।

उनले भनेका थिए, ‘हाम्रो पार्टीमा २०औं वर्ष देखि विवाह नगरी महिलाहरु लागेका छन् । केपीको पार्टीमा पनि त्यस्ता महिला छन् । तर तिनले टिकट पाएनन् । कोमल वलीले यसो सारी सरक्क सर्काएर गोडा, पिडौंला देखाएर पोइला जान पाम भनेपछि सांसद् त तिनै भइन् । कपाल फुलेर चाउरी परेका बुढी कामरेडहरु न एक पटक राष्ट्रिय सभाको सदस्य पनि हुन पाएका छन्, न केन्द्रीय कमिटीको सदस्य हुन पाएका छन् । उनी राष्ट्रिय सभाको सदस्य पनि हुन पाइन्, केन्द्रीय कमिटीको सदस्य पनि हुन पाइन् ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *