पुलिस क्लब ३ विकेटले विजयी

डिसी नेपाल
२५ फागुन २०७७ १७:१२
116
Shares

काठमाडौं । काठमाडौँ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब विकेटले विजयी भएको छ । ८८ रनको लक्ष्य पाएको पुलिसले आर्मीलाई पराजित गर्न १८ ओभर ३ बलमा ७ विकेट गुमाउनु पर्यो । टोलीको जितमा ओपनर सुनिल धमलाले ३९ रनको योगदान दिदा पवन सर्राफले २२ रन बनाए । पुलिसका अन्य खेलाडीहरुमा दिलीप नाथले १५ रनको योगदान दिए । बलिङमा आर्मीका लागि शाहब आलमले ९ ओभरमा एक मेडन सहित ४५ रन खर्चेर ७ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विभागीय टोली नेपाल आर्मीको सुरुवात राम्रो रहेन । टोलीका ओपनर सोमपाल कामी ५ रनमा आउट हुदा राजु रिजाल ४ रनमा आउट भए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका हरि चौहान पनि लामो समय क्रिजमा टिक्न सकेनन । उनी १४ बलमा मात्र ४ रन बनाएर आउट भए । विकेट पतनको क्रम चलिरहदा चौंथो नम्बरमा ब्याटिङ गर्न रोहित पौंडेलले टोलीको स्कोर माथि उकास्ने प्रयास गरे, तर रोहित पनि १३ रन बनाएर आउट भए । पुछारमा ब्याटिङ गर्न आएका लोकेश बम र बिक्रम सोबले क्रमशः ३२ र १४ रन बनाउदा आर्मीले आफ्नो स्कोर बोर्डमा ८७ रन जोड्न सफल भयो । आर्मीका लागि तिन खेलाडीहरुले मात्र दोहरो अंकमा रन बनाउन सक्यो ।

आर्मीलाई ८७ रनको स्कोरमा रोक्न पुलिसका सागर ढकालले ५ विकेट लिए । दश ओभर बलिङ गरेका ढकालले २ मेडन फाल्दै ४० रन खर्चे । आर्मीलाई कम स्कोरमा रोक्न पवन सर्राफ र ललित राजवंशीको पनि योगदान रह्यो । पवनले ३ विकेट लिदा ललितको नाममा २ विकेट रहयो । खेलको म्यान अफ द म्याच पुलिस क्लबका पवन सर्राफ भए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.