माओवादीको स्थायी कमिटी बैठकपछि प्रचण्ड देउवालाई भेट्न बुढानिलकण्ठमा

डिसी नेपाल
२५ फागुन २०७७ १७:५५
424
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो पार्टीको स्थायी कमिटी बैठकपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्न देउवा निवास बुढानिलकण्ठ पुगेका छन्।

यतिबेला देउवा र प्रचण्डबीच पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भइरहेको स्रोतले बतायो। यसअघि माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले सबै विपक्षी दलहरुसँग छलफल गरेर आगामि रणनीति बनाउने निर्णय गरेको थियो। स्थायी कमिटीको सो निर्णयपछि प्रचण्ड बुढानिलकण्ठ पुगेका हुन्।

सर्वोच्च अदालतले एमाले र माओवादीबीचको एकीकरणलाई खारेज गर्दै ती पार्टी ब्युँताइदिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठबन्धन सरकारमा परिणत भएको छ। सोही विषयमा छलफल गर्न प्रचण्ड देउवा निवास पुगेका हुन्।

माओवादीले स्पष्ट रुपमा सरकारलाई दिएको समर्थन फिर्ता लिने नबताए पनि काँग्रेसले साथ दिए समर्थन फिर्ता लिने तयारी गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.