यी हुन् उत्कृष्ट भएका चाडपर्वका तस्वीरहरु

डिसी नेपाल
२६ फागुन २०७७ १६:०६
160
Shares

काठमाडौं। नेपाल पर्यटन बोर्डले चाडपर्वमा खिचेका ५ जनाका फोटोहरुलाई पुरस्कृत गरको छ। कुल प्राप्त ६८७ फोटोहरु मध्येबाट मिथुन कुवँर, अमन शाही, उमेश स्थापित, रोबिक उपाध्याय र शाम्दे शेर्पाले खिचेका फोटोहरुलाई नेपाल पर्यटन बोर्डले उत्कृष्ट पाँचमा छनोट गरेको छ।

उत्कृष्ट ठहर भएको अमन शाहीले खिचेको कुमारीको तस्वीर।

विजेता फोटोग्राफरहरुले जनही दश हजार नगद पुरस्कार प्राप्त गरेका छन्। बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले ‘फोटोग्राफरहरुको उत्साहजनक सहभागिताले नेपाली चाडपर्वको विराटतालाई अनुभूत गराई फोटोमार्फत देशको पर्यटन प्रवर्द्धन गर्ने साझा अभियानलाई अझ बृहत बनाएको बताए।

शाम्दे शेर्पाले खिचेकाे उत्कृष्ट ठहर तस्वीर।

नेपाल पर्यटन बोर्डले पाँच वर्षअघिदेखि फोटोको माध्यमबाट देशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नियमित ह्यास फोटो नेपाल फोटो प्रदर्शनी गर्दै आएको छ। फोटो नेपाल फेब्रुअरी २०१६ मा टोनी हेगनको फोटो प्रदर्शनीसँगै सुरु भएको थियो।

उमेर स्थापितले खिचेको उत्कृष्ट ठहर भएको हाँडी गाउँ जात्राकाे तस्वीर।

बोर्डको यो प्रयासले नियमित अभियानको रुप लिँदा देश चिनाउने फोटो प्रदर्शनी पाँच वर्षदेखि विभिन्न स्थानहरुमा र अनलाइन भइरहेको छ। यस अभियानलाई अझ ब्यापक बनाउन फोटो नेपाल डट ट्राभल सुरु गरिएको हो। हाल यसमा ११ हजार बढी सदस्यहरुका २५ हजार फोटोहरु संग्रहित छन्। इच्छुक कोहीले सोसियल एकाउन्टबाट रजिष्टर हुन सक्ने बोर्डको भनाइ छ।

माझिपा लाखे नाचको उत्कृष्ट ठहर रोबिक उपाध्यायले खिचेको तस्वीर।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *