अन्तर डोजाङ तेक्वान्दो च्याम्पियनसिप शनिबार

डिसी नेपाल
२६ फागुन २०७७ १७:०९
20
Shares

काठमाडौं। नवौं अन्तर डोजाङ तेक्वान्दो च्याम्पियनसिप शनिबार आयोजना हुने भएको छ। सीतापाइला तेक्वान्दो डोजाङको आयोजनामा सीतापाइलामा हुने च्याम्पियनसिपमा काठमाडौं जिल्लाका १० डोजाङका दुई सय खेलाडीको सहभागिता रहने सीतापाइला तेक्वान्दो डोजाङ प्रमुख एवं प्रतियोगिता संयोजक बब्लु सिवाकोटीले जानकारी दिए।

एक दिने प्रतियोगितामा हरेक बेल्ट तथा तौल समूहमा ग्योरोगी र पुम्से दुवै विधामा प्रतिस्पर्धा हुने संयोजक सिवाकोटीले जानकारी दिए। ‘हामीले प्रतियोगिताभन्दा पनि तेक्वान्दोको महोत्सव गर्न लागेका हौं। सबै खेलाडीले खेल्न सकुन् भनेर हरेक बेल्टका साथै तौल समूहमा प्रतिस्पर्धा गर्न लागिएको हो’, सिवाकोटीले भने।

च्याम्पियनसिपमा ग्योरोगी तथा पुम्सेतर्फका महिला तथा पुरुष खेलाडीले उत्कृष्ट खेलाडीको पुरस्कार पाउने छन्। उत्कृष्ट हुनेलाई आकर्षक ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिने संयोजक सिवाकोटीले जानकारी दिए। उनले हरेक वर्ष आयोजना गर्दै आएको च्याम्पियनसिप कोरोना महामारीका कारण गत वर्ष आयोजना गर्न नसकिएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *