‘बी’ डिभिजन लिग : पुल्चोक सी डिभिजनमा घटुवा

डिसी नेपाल
२६ फागुन २०७७ २१:५४
32
Shares

काठमाडौं । पुल्चोक स्पोर्ट्स क्लब शहीद स्मारक ‘सी’ डिभिजन लिगमा घटुवा भएको छ । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको अन्तिम खेलमा पराजित भएसँगै पुल्चोक घटुवामा परेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा ‘बी’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा पुल्चोक नयाँबस्ती युथ क्लबसँग २–१ गोल अन्तरले पराजित भएको हो । नयाँबस्तीका लागि अशोक तामाङ र विवेक गुरुङले एक एक गोल गरे । यस्तै पुल्चोकका लागि सान्त्वना गोल शिरव तामाङले गरे ।

खेलको १९औँ मिनेटमा नयाँबस्तीका लागि अशोक तामाङले पहिलो गोल गरेका थिए । यस्तै खेलको ५८औँ मिनेटमा शिरव तामाङले गोल फर्काउँदै पुल्चोकलाई १–१ गोलको बराबरीमा पु¥याए । खेलको ६३औँ मिनेटमा विवेक गुरुङले गोल गर्दै नयाँबस्तीलाई २–१ गोलअन्तरले जित दिलाए । जितसँगै नयाँबस्तीले ११ खेलमा १५ अङ्क जोडेको छ । नयाँबस्ती लिगको नवौँ स्थानमा छ । पराजित भएको पुल्चोकले ११ खेलमा पाँच अङ्क मात्र जोड्न सक्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.