नेपालको एभरेष्ट प्रिमियर लिगको प्रायोजक महेन्द्र सिंह धोनी
काठमाडौं। भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले नेपालको फ्रेन्चाइज क्रिकेट ‘एभरेष्ट प्रिमियर लिग’को प्रायोजन गर्ने भएका छन् । धोनीको स्पोर्टसवेयर कम्पनी ‘सेभेन बाइ एमएस धोनी’ एभरेष्ट प्रिमियर लिगको आगामी तीन सिजनको लागि प्रिन्सिपल प्रायोजक बन्ने भएको छ । एभरेष्ट प्रिमियर लिगको आगामी सिजन आगामी सेप्टेम्बर २५ देखि सुरु हुँदैछ ।
I am glad to announce that @TheSevenLife_ is the new principal sponsor for @eplt20official‘s 2021 season. We are eagerly looking forward to this opportunity as it will play an integral role in strengthening cricketing relations between India & Nepal. #EPLT20 #EPL2021 #SevenbyMSD pic.twitter.com/fTcRGwJRdt
— Arun Pandey (@ArunPandey99) March 9, 2021
महेन्द्र सिंह धोनीले लञ्च गरेको यो स्पोर्टसवेयर ब्राण्डले विश्वका कैयौं देशहरुमा आउटलेट खोलेर व्यापार विस्तार गर्ने तयारी गरिरहेको छ । एभरेष्ट प्रिमियर लिगको प्रायोजनलाई बजारीकरणसँग जोडेर हेरिएको छ । एभरेष्ट प्रिमियर लिगका म्यानेजिङ डाइरेक्टर आमिर अख्तर र सेभेनका मार्केटिङ प्रमुख अरुण पाण्डेले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । बुधबार काठमाडौंको सोल्टी क्राउन प्लाजा होटलमा हस्ताक्षर भएको हो ।







डिसी नेपाल








Facebook Comment