आफ्नो पार्टीबाट मन्त्री भएकालाई फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय
फाइल
काठमाडौं। नेकपा माओवादी केन्द्रको शनिबार विहान बसेको स्थायी समितिको बैठकले सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
बैठकले नेकपा एमालेको कमिटीमा राखिएका संघीय तथा प्रदेश सांसदहरुलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्ने निर्णय पनि बैठकले गरेको छ। बैठकले आगामी चैत्र २ गतेका लागि तय गरिएको कार्यकर्ता भेला अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको छ।
आइतबारका लागि तय गरिएको केन्द्रीय समितिको बैठक भने यथावत रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दालाहका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment