पार्टी बैठक सकिए लगत्तै माधव नेपालसँग प्रचण्डको भेट
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता मधवकुमार नेपालसँग आइतबार भेट भएको छ। प्रचण्ड निकट स्रोतका अनुसार माओवादीको केन्द्रीय समिति बैठक सकिए लगत्तै प्रचण्ड माधव नेपालको निवास कोटेश्वर पुगेका थिए। सो भेटमा एमाले वरिष्ठ नेता झलनाथ खनाल पनि सँगै रहेको स्रोतले जनायो।
उनीहरुबीच एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारबारे छलफल भएको बुझिएको छ। प्रतिनिधिसभाको बैठक मंगलबार बस्दै छ। त्यसअघि नै ओली सरकारबारे कुनै ठोस रणनीति बनाउने गरी प्रचण्ड सक्रिय भएका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment