त्रिवि शिक्षण अस्पतालमा भयो ११ महिने बालकमा कलेजो प्रत्यारोपण

डिसी नेपाल
१ चैत २०७७ २२:५८
200
Shares

काठमाडौं। नेपालमा पहिलो पटक एघार महिने बालकमा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सकहरुले काभ्रे भएका एघार महिनाको बालकलाई शनिबार राती ८ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरेका हुन् ।

त्रिवि शिक्षण अस्पतालमा काभ्रेका भएका ३५ वर्षीय बाबुले आफ्ना छोरालाई कलेजो दिएका थिए।

कोरोना भाइरसको संक्रमणको जोखिमका कारण रोकिएको कलेजो प्रत्यारोपण पुनः सुरू भएको छ।प्रत्यारोपणमा सघाउन फोर्टिस अस्पताल भारतका डा विजय भिजको नेतृत्वमा चिकित्सकको टोली आएको थियो । उनीहरुको सहयोगमा प्रत्यारोपण सफल भएको त्रिवि शिक्षण अस्पताल प्रत्यारोपणविद डा रमेशसिंह भण्डारीले बताए ।

डा भण्डारीका अनुसार त्रिवि शिक्षण अस्पतालमा यो पाँचौं कलेजो प्रत्यारोपण हो । यस्तै सानो उमेर (शिशु)मा गरिएको पहिलो प्रत्यारोपण हो । मिर्गौला र कलेजो प्रत्यारोपण हुने त्रिवि शिक्षण अस्पतालमा कोरोना महामारीपछि झण्डै एक बर्ष यी दुबै सेवा रोकिएका थिए । मिर्गौला प्रत्यारोपण केही साता अघि देखि शुरु भएको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कलेजो प्रत्यारोपणमा सहभागी चिकित्सकहरुको समूहलाई बधाई दिएका छन्। उनले ट्वीटरमा लेखेको छन्, ‘नेपालमा पहिलोपटक बाल कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गर्नुहुने शिक्षण अस्पताल महाराजगञ्जका प्राडा रमेशसिंह भण्डारीले नेतृत्व गर्नुभएको टिमलाई बधाई तथा धन्यवाद दिन चाहन्छु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.