सगरमाथा आरोहण गर्न बहराइनका राजकुमार नेपाल आउँदै

डिसी नेपाल
२ चैत २०७७ १०:५४
136
Shares

काठमाडौं। बहरानका राजकुमार सोमबार नेपाल आउँदै छन्। सोमबार ६ बजे युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ राजकुमार खलिफासहित १६ जनाको टोली सगरमाथा आरोहणका लागि नेपाल आउन लागेको हो।

राजकुमार खलिफाको टोली ७९ दिने भ्रमणका लागि नेपाल आउन लागेको हो। यो टोलीले नेपालमा रहँदा विश्वकै सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नेछ। राजकुमार आफ्नै निजी जेटमार्फत नेपाल आउने भएका हुन्।

यसअघि सन् २०२० अक्टोबरमा सो टोलीले लोबुचे पिक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो।

यो टोली क्वारेन्टिन बस्न लुक्ला जाने कार्यक्रम रहेको छ। राजकुमारको नेपाल भ्रमणको सबै कार्यक्रम व्यवस्थापन गरेको सेभेन समिट ट्रेकका अध्यक्ष मिङ्मा शेर्पा का अनुसार उनीहरु नेपाल आएपछि सात दिन होटल क्वारेन्टिनमा बस्ने छन्। त्यसपछि गोरखाको सामागाउँ गएर पाँच दिन बस्ने र काठमाडौं फर्केर सगरमाथा आरोहणको तयारी गरि आधार शिविर प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

उनले सगरमाथा आरोहण कार्यक्रमको लागि लगभग सबै तयारी सकिइसकेको डिसी नेपाललाई बताए। उनका अनुसार उक्त टोली काठमाडौं फर्केपछि मार्चको अन्त्यमा लुक्लामा सात–आठ दिन बसेर एभेरेस्ट वेसक्यामतर्फ लाग्ने कार्यक्रम रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.