थप ७९ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित ८ सय ९५

डिसी नेपाल
२ चैत २०७७ १६:५२

काठमाडौं । सोमबार नेपालमा थप ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ३१० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ८ सय ९५ रहेको छ । पछिल्लो २४ घण्टामा ७५ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ४०१ पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार १४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट शुन्य मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, हालसम्म ४४ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २२ लाख १८ हजार ७२२ जनाको पीसीआर परीक्षण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *