प्रतिनिधिसभाको तेस्रो बैठकको अघिल्लो दिन सभामुखले गरे कार्य व्यवस्थाको बैठक

डिसी नेपाल
२ चैत २०७७ १८:१९
168
Shares

काठमाडौं। प्रतिनिधिसभा सर्वोच्च अदालतले पुनःस्थापित गरेपछि सातौं अधिवेशन जारी छ। सातौं अधिवेशनको दुईवटा बैठक सकिँदा सभामुख अग्नि सापकोटाले कार्य व्यवस्था समितिको बैठक बोलाएनन्।

तत्कालिन सत्तारुढ दल नेकपाको आन्तरिक विवादका कारण सत्तारुढ दलको प्रतिनिधित्वको विषयमा विवाद रहेकाले कार्य व्यवस्था समितिको बैठक नबोलाएका सभामुख सापकोटाले सर्वोच्चले २३ फागुनमा तत्कालिन एमाले र माओवादीलाई ब्युँताइदिएपछि तेस्रो बैठक अगाडि भने कार्य व्यवस्थाको बैठक बोलाएका हुन्।’

दुई पूर्ववत पार्टी ब्युँतिएपछि बसेको दोस्रो बैठक अगाडि पनि कार्य व्यवस्थाको बैठक नबसालेका उनले मंगलबारको बैठक अगाडि सोमबार बैठक बोलाएका हुन्। बैठकमा ४ वटा दल र दुईवटा स्वतन्त्र सांसदले प्रतिनिधित्व गरेका छन्।

उता संसद सचिवालयले मंगलबार बस्ने बैठकको सम्भवित कार्यसूचीसमेत सार्वजनिक गरेको छ। मंगलबार दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा दुईवटा विषय रहेका छन्। सभामुख सापकोटाले बैठक सञ्चालनार्थ अध्यक्ष मण्डल मनोनित गर्ने र शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.