राष्ट्रपतिले प्रमुख राजनीतिक दलसँग आज छलफल गर्दै

डिसी नेपाल
३ चैत २०७७ ७:३७
88
Shares

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठकको आयोजना गरेकी छन्। सङ्घीय संसद्‍मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलसँग आज अपरान्ह् ४ बजे छलफल गर्ने कार्यक्रम तय भएको छ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार संसद्‍मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दल एवं पूर्वप्रधानमन्त्रीलाई छलफलमा आमन्त्रण गरिएको छ।

बैठकमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *