राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक सकियो

डिसी नेपाल
३ चैत २०७७ १८:०९
640
Shares

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको पूर्वप्रधानमन्त्रीहरु र सर्वदलीय बैठक सकिएको छ। राष्ट्रपति निवास शीतल निवासमा अपरान्ह ४ बजे शुरु भएको बैठक करिब २ घण्टापछि सकिएको हो।

बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेताहरु, कााग्रेस नेताहरु, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतको सहभागिता थियो। मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी पनि बैठकमा सहभागी थिए।

तर, यो बैठकमा ४ जना पूर्वप्रधानमन्त्रीहरु भने सहभागी भएनन्। एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल र माधवकुमार नेपाल, जसपा संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा् बाबुराम भट्टराई र पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द सो बैठकमा सहभागी भएनन्।

बंगलादेशको दुई दिने राजकीय भ्रमण गर्न लागेकी राष्ट्रपति भण्डारीले सो भ्रमण अघि सर्वदलीय बैठक गरेकी हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.