कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर : नर्भिक अस्पताल

डिसी नेपाल
४ चैत २०७७ ९:२४
164
Shares

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको नर्भिक इन्टरनेशनल अस्पतालले जनाएको छ। जोशीलाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ। बुधबार विहान विज्ञप्ति जारी गर्दै अस्पतालले गम्भीर अवस्थामा भेन्टिलेटरमा राखेर उपचार भइरहरहेको जनाएको हो।

फागुन १४ गते मष्तिष्कघात भई उपचारका लागि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। केही दिनको उपचारपछि उनको अवस्थामा सुधार आएको थियो। आफैंले श्वासप्रश्वास गरेपछि केही दिन उनलाई भेन्टिलेटरको सपोर्टबिना नै राखिएको थियो ।

तर, अवस्था पुनः बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको थियो र हाल भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको  अस्पतालले जनाएकाे छ।  अहिले उनको  अवस्था गम्भीर रहेको  अस्पतालले जनाएकाे छ।

(यसअघि डिसी नेपालले असावधानीवश जोशीको निधन भएको समाचार प्रकाशन गरेकोमा पाठक, परिवारजनप्रति क्षमायाचना गर्दै आगामी दिनमा यस्तो गल्ती नदोहोर्याउने प्रतिवद्धता व्यक्त गर्दछौं-प्रधानसम्पादक)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.