‘रिफ्रेस’का लागि परिवारसहित सिन्धुली पुगे प्रचण्ड
काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारसहित सिन्धुली गएका छन्। राजनीतिक अवस्थाले तनावमा परेका उनी ‘रिफ्रेस’ हुन सिन्धुली पुगेको उनी निकट स्रोतले जनाएको छ।
प्रचण्डसँगै पत्नी सिता दाहाल, प्रचण्डका प्रमुख स्वकीय सचिव जोगबहादुर महरा लगायत छन्।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेपछि खुशी भएका प्रचण्ड सर्वोच्चको अर्को फैसलाले नेकपाको एकीकरण खारेज गर्दै माओवादी केन्द्र र एमालेलाई ब्युँताइदिएपछि तनावमा परेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिरहेको माओवादीले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिन सकेको छैन। राजनीतिक रुपमा निकै तनावमा रहेका प्रचण्ड आरामका लागि सिन्धुली गएका हुन्।
बेला बेला प्रचण्ड आरामका लागि भन्दै काठमाडौं बाहिर जाने गरेका छन्।







डिसी नेपाल







Facebook Comment