ईरानसँगको युद्ध मध्यावधि निर्वाचनलगत्तै सकिन सक्छ: ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि (मिडटर्म) निर्वाचनलगत्तै अन्त्य हुन सक्ने बताएका छन्।
बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै ट्रम्पले इरान अब धेरै समयसम्म युद्ध जारी राख्ने स्थितिमा नरहेको दाबी गरे। साथै, त्यतिबेलासम्म कच्चा तेलको मूल्यमा गिरावट आउने अपेक्षा गर्न नसकिने पनि उनले स्पष्ट पारे।
“मलाई लाग्छ निर्वाचनलगत्तै युद्ध अन्त्य हुनेछ, किनभने उनीहरू (इरान) अब धेरै समय टिक्न सक्दैनन्,” ट्रम्पले भने।
डोनाल्ड ट्रम्पको यो बयान टेक्सासमा आयोजना हुन लागेको रिपब्लिकन पार्टीको पहिलो मिडटर्म कन्भेन्सनअघि आएको हो। यस कार्यक्रममार्फत नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि पार्टी नेताहरूलाई एकजुट बनाउने र उनीहरूमा चुनावी उत्साह भर्ने ट्रम्पको उद्देश्य रहेको छ।
उल्लेखनीय छ कि इरानविरुद्धको युद्धलाई लिएर ट्रम्पमाथि उनकै रिपब्लिकन पार्टीभित्रबाट पनि दबाब बढ्दै गएको छ।
यसका साथै, युद्धका बीच गरिएका विभिन्न सर्वेक्षणहरूमा उनको लोकप्रियतामा पनि गिरावट आएको देखिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment