नाइजरको हमलामा कम्तीमा ५८ जनाको मृत्यु
बीबीसी । नाइजरको सरकारले मालीसँगको सीमा नजिकै भएका दुई वटा हमलामा परेर कम्तीमा ५८ जना मानिसहरू मारिएको बताएको छ।
अधिकारीहरूका अनुसार सोमवार बन्धुकधारीहरूले बजारबाट घर फर्किरहेका ती मानिसहरू सवार गाडीलाई निशानामा पारेका थिए।
एउटा गाडीमा आगो लगाइएको छ। नाइजर सरकारले त्यहाँ तिन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ।
उक्त हमला कसले गराएको भन्ने अझै स्पष्ट छैन। तर उक्त क्षेत्रमा विगतमा समेत थुप्रै पटक इस्लामिक स्टेट र अलकायदासँग सम्बन्ध रहेका समूहहरूबाट हमला भएका थिए।
जनवरीमा मात्र त्यस क्षेत्रमा एक सयभन्दा धेरै गाउँलेहरू मारिएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment