वास्तविक जीवनकी गजनी, परिवार र गर्लफ्रेण्डसमेत बिर्सिन्छिन्

डिसी नेपाल
५ चैत २०७७ १४:२९
2.3k
Shares

काठमाडौं। बलिउड सुपरस्टार आमिर खानले फिल्म गजनीमा यस्तो व्यक्तिको भूमिका निर्वाह गरेका थिए जसलागर्् गम्भीर चोट लागेपछि हरेक १५ मिनेटमा सबै कुरा बिर्सिने समस्या भएको थियो । २१ वर्षकी एक टिकटकरको पनि स्थिति त्यस्तै छ । यी युवतीले पनि बेलाबेलामा यसरी सबै कुरा बिर्सिन्छिन् कि उनले आफ्ना परिवारका सदस्य र आफ्नी गर्लफ्रेण्डलाई पनि चिन्दिनन् । मेगन ज्याक्सन नामकी यी युवतीलाई दुर्लभ किसिमको समस्या छ ।

डेलीमेलका अनुसार मेगनलाई ५ वर्ष पछि ‘फंक्सनल न्यूरोलोजिकल डिसअर्डर’ भएको थियो । मेगल धेरै उत्साहित र खुसी भएमा, जोडले हाँसेमा वा उनले कुनै चर्को आवाज सुनेमा उनले आफ्नो स्मरणशक्ति गुमाउँछिन् र यो स्थिति घण्टौसम्म चल्छ । इङल्याण्डको वेस्ट योर्कशायरकी मेगनका अनुसार यो समस्याका कारण उनको जीवन पूरै बदलिएको छ । यो समस्याका कारण मेगनले आफ्नी लेस्बियन पार्टनरको बारेमा कैयौं कुराहरु लेख्नुपर्छ किनकि उनले आफ्नी गर्लफ्रेण्डलाई पनि बिर्सिन्छिन् ।

मेगनले भनिन् ‘कहिलेकाहीँ म आफ्नी गर्लफ्रेण्डलाई बिर्सिन्छु । कहिलेकाहीँ मैले परिवारका सदस्यलाई पनि बिर्सिन्छु । केही घण्टापछि मात्रै म सामान्य हुन सक्छु । यसका कारण मलाई निकै मानसिक तनाव पनि हुन्छ । यसका अलावा मैले बजारबाट यस्ता कुराहरु पनि किनेर ल्याउँछु जुन मलाई मन पर्दैनन् । भोलिपल्ट यी खानेकुराहरुमा फजुल खर्च भएको थाहा पाउँदा तनाव हुन्छ ।’ मेगनको स्थितिको कारण उनको सम्बन्धमा पनि धेरै समस्या आइरहेका छन् । मेगनकी गर्लफ्रेण्ड ताराले उनको लागि कुनै सरप्राइज योजना बनाउँदिनन् किनकि धेरै उत्साहित हुँदा उनको स्थिति बिग्रिन सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.