आफूलाई ‘यौनका लागि लोभ्याएकोले’ मसाज पार्लरका ८ महिलाको हत्या !

डिसी नेपाल
५ चैत २०७७ १५:५२
19.5k
Shares

काठमाडौं। मंगलबार अमेरिकाको एटलान्टा क्षेत्रमा तीन मसाज पार्लरमा आक्रमण गरेर ८ महिलाको हत्या गर्ने बन्दूकधारी युवकले यी हत्या किन गरे भन्ने विषयमा अनुसन्धानकर्ताहरुले खोजी गरिरहेका छन् । घटनाको एक दिनपछि बुधबार २१ वर्षका रोबर्ट आरोन लोंगविरुद्ध ८ जनाको हत्याको अभियोगमा मुद्दा दर्ता गरिएको छ ।

समाचार एजेन्सी एपीका अनुसार लोंगले पुलिसलाई यो आक्रमण साम्प्रदायिक रुपले प्रेरित नभएको बताएका छन् । उनले आफूलाई यौनको लत भएको दावी गरेका छन् र आफ्नो लागि प्रलोभनको स्रोतको रुपमा देखिएका ती महिलाहरुमाथि आक्रोश पोख्ने क्रममा उनले आक्रमण गरेको बताएका छन् । तर, उनको यो बयानले बाहिर अर्को किसिमको आक्रोश र आशंका बढाएको छ किनकि मारिने ८ जनामध्ये ६ जना एसियाली मूलका थिए ।

अधिकारीहरुले अहिलेसम्म मंगलबार आक्रमण भएका मसाज पार्लरमा लोंग त्यसभन्दा पहिले गएका थिए वा थिएनन् भन्ने पत्ता लगाउन सकेका छैनन् तर उनी त्यतिबेला फ्लोरिडामा कुनै किसिमको पोर्न उद्योगमा आक्रमण गर्न जाँदै गरेको बताएका छन् । ‘उनीमा कुनै समस्या भएको देखिएको छ जसलाई उनले यौन लत ठान्छन् र यी ठाउँहरुलाई आफूले जान अनुमति पाउने ठाउँको रुपमा हेर्छन् । यो उनको लागि एक किसिमको प्रलोभन हो जसलाई उनी समाप्त पार्न चाहन्छन्’ चेरोकी काउन्टी शेरिफका क्याप्टेन जे बेकरले संवाददातासँग भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.