नविन्दराज जोशीलाई सरकारको १० लाख सहयोग

डिसी नेपाल
६ चैत २०७७ ११:५९
176
Shares

काठमाडौं । उपचारत नवीन्द्रराज जोशीको उपचारमा सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। उपप्रधानमन्त्री तथा रक्षमन्त्री ईश्वर पोखरेलले शुक्रबार विहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गरिरहेका जोशीको स्वास्थ्य अवस्था बुझ्दै परिवारका सदस्यलाई जानकारी गराएका हुन्।

मष्तिष्कघात भई फागुन १४ गते नर्भिकमा भर्ना गरिएका नेता जोशीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। अस्पतालका अनुसार जोशी अहिले कोमामा रहेका छन्। सुरुवातमा स्वास्थ्य अवस्था सुधार भए पनि पुनः विग्रिएका कारण उनलाई भेन्टिलेटरमा राखिएको हो।

उपप्रधानमन्त्री पोखरेल शुक्रबार विहान ९ बजे नर्भिक पुगेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *