यता केन्द्रीय कमिटीको बैठक चलेका बेला माधव नेपाल युवा कार्यकर्ता भेला गर्दै
फाइल फाेटाे।
काठमाडौ। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला एमाले वरिष्ठ नेता माधव नेपालले केन्द्रीय कमिटी बैठकलाई छल्ने गरी युवा संघ नेपालको राष्ट्रिय भेला आयोजना गरेका छन्।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विहान दश बजे संसदीय दल र त्यसपछि केन्द्रीय कमिटी बैठक बोलाएका छन्। तर वरिष्ठ नेता माधव समूहले भने यी दुवै कार्यक्रममा आफू सहभागी नहुने निर्णय गरिसकको छ।
केन्द्रीय कमिटी बैठक बस्ने समय पारेर नेपालले आफू पक्षीय युवा सघ नेपालको भेला आयोजना गरेका हुन्। शनिबार विहान ११ बजे राष्ट्रिय सभागृह भृकुटी मण्डपमा नेपाल समूहकले युवा संघ नेपालका राष्ट्रिय भेलाको आयोजना गरेको हो।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्वतव अवस्थामा फर्काएपछि नेपाल समूहले समानान्तर भेला र छलफलको आयोजना गर्दै आएको छ। केही दिन अगाडि नेपाल समूहले आफू निकट राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको थियो।
नेपाल समूह अध्यक्ष समेत रहेका ओलीले बोलाएको संसदीय दलको बैठक र केन्द्रीय कमिटी बैठकमा पनि सहभागी भएको छैन्। समानान्तर भेला र छलफल आयोजना गरे कानुन बमोजिक कारवाही हुने ओली समूहले चेतावनी दिँदै आएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment