भारतमा काेराेना फैलिएसँगै नेपालमा जाेखिम, सिमानामा सावधानी अपनाउन आग्रह

डिसी नेपाल
९ चैत २०७७ १०:४०
248
Shares

काठमाडौं । कोरोना संक्रमणले महामारी लिएको १ वर्षपछि पूर्णरुपमा सिमाना खुले । भारतसँगका सिमाना खुलेपछि प्रदेश २ लगायत तराईँका जिल्लाहरुमा कोरोनाको संक्रमण फैलिने त्रास बढेको छ।

भारतका विभिन्न राज्यमा संक्रमित बढिरहेका बेला नेपालमा सतर्कता नअपनाउँदा जोखिम बढेको हो। कोभिड १९ व्यवस्थापन केन्द्रको बैठकले भारतसँगका नाका खुला गर्ने सिफारिस गरे पनि जाेखिम कायम रहेकाे चिकित्सकले बताएका छन्।

चिकित्सकका अनुसार सीमामा सतर्कता नअपनाउदाँ भारतबाट आउनेहरूबाट संक्रमणकाे जाेखिम रहेकाे हाे। उनीहरूल सम्बन्धित निकायलाई सतर्कता अपनाउनसमेत  आग्रह गरेका छन्।

छिमेकी मुलुकको स्थितिलाई हेरेर स्वास्थ्य सुरक्षा सतर्कताका उपाय अबलम्बन गर्नेसँगै सीमा क्षेत्रमा हुने आवागमनलाई व्यवस्थित बनाउन स्वास्थ्य निर्देशनालय प्रदेश २ ले तयारी थालेको जनाएकाे छ।

सीमामा कडाइ गरेपछि चोरीबाटो नेपाल आउछन्। चोरीबाटो नेपाल प्रवेश गरेकाहरुबाट पनि कोरोनाको संक्रमण फैलिने र बढ्ने त्रास बढेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.