बुधबार थप १४५ जनामा कोरोना संक्रमण पुष्टि, ९० जना निको भए

डिसी नेपाल
११ चैत २०७७ १६:४९

काठमाडौं । बुधबार नेपालमा थप १४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ११ सय ८२ रहेको छ । पछिल्लो २४ घण्टामा ९० जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार १८७ पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार २० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, हालसम्म ५२ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २२ लाख ४८ हजार ९९३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *