डिसी नेपालका सह सम्पादक कोइरालालाई उत्कृष्ट युवा पत्रकारिता पुरस्कार

डिसी नेपाल
१५ चैत २०७७ १८:४९
416
Shares

काठमाडौं। यो वर्षको उत्कृष्ट युवा पत्रकारिता पुरस्कार डिसी नेपाल डटकमका सह सम्पादक मदन कोइारालालाई प्रदान गरिने भएको छ।

रिपोर्टस क्लबले वितरण गर्ने यो पुरस्कार क्लबको २३ औं स्थापना दिवसका अवसरमा आयोजित समारोहमा मंगलबार वितरण गरिने छ।

सह सम्पादक कोइरालासँगै उत्कृष्ट युवा पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समितिका उप सम्पादक जीवन भण्डारी र प्राईम टाइम्स टेलिभिजनका उप सम्पादक दीपक अर्याललाई प्रदान गरिने क्लबले जनाएको छ। यो पुरस्कारको राशि जनही २० हजार रुपैयाँ रहेको छ।

यस्तै यो वर्षको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा उज्यालो मल्टिमिडिया प्रालीका कार्यकारी अध्यक्ष÷सञ्चालक गोपाल गुरागाईँलाई प्रदान गरिने भएको छ।

नेपाली राजनीतिका चर्चित हस्ती, जनताको बहुदलीय जनवादका प्रणेता, विचारक एवं कुशल वक्ता नेकपा (एमाले) का पुर्व महासचिव मदनकुमार भण्डारीको स्मृतिमा स्थापित यो पुरस्कारको राशि १ लाख रुपैयाँको छ। गुरागाईँ विगत तीन दशकभन्दा अघिदेखि पत्रकारितामा सक्रिय छन्।

त्यस्तै, यो वर्षको तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार रेडियो नेपालका समाचार महाशाखा प्रमुख डा. नवराज लम्साल र नेपाल टेलिभिजनका प्रमुख समाचार सम्पादक शालिक सुवेदीलाई प्रदान गरिने भएको छ। यो पुरस्कारको राशि ५० हजार रहेको छ।

यसैगरी, यो वर्षको कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई प्रदान गरिने भएको छ। पण्डित विगत साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्। यो पुरस्कारको राशी ४० हजार रुपैयाँ रहेको छ।

यसैगरी कृष्णसेन ईच्छुक स्मृति पत्रकारिता पुरस्कार ताजा खबर साप्ताहिकका सम्पादक ईश्वरी वाग्लेलाई प्रदान गरिने भएको छ। यो पुरस्कारको राशि २५ हजार रुपैयाँ छ। वाग्ले ३५ वर्षदेखि पत्रकारितामा सक्रिय छन्।

यस्तै, यो वर्षको सहिद जगदजंगप्रकाश शाह स्मृति पत्रकारिता पुरस्कार नागरिक दैनिकका राजनीतिक ब्यूरो–चिफ बालकृष्ण अधिकारीलाई प्रदान गरिने भएको छ। अधिकारी विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन्। अधिकारीलाई दिइने पुरस्कारको राशि २५ हजार रहेको छ।

यसैगरी, यो वर्षको उमा सिंह स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर दैनिककी वरिष्ठ उप–सम्पादक बिनु सुवेदीलाई प्रदान गरिने भएको छ। सुवेदी विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय छिन्। सुवेदीलाई दिइने पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ।

यसैगरी यस वर्षको बाबुछिरी फोटो पत्रकारिता पुरस्कार रिपोर्टर्स नेपाल डटकमकका फोटो पत्रकार मुकुन्द कालिकोटेलाई प्रदान गरिने भएको छ। कालिकोटे विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्। उनलाई दिईने यो पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ।

त्यस्तै, यो वर्षको वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार एबीसी टेलिभिजनका उप–सम्पादक अनन्त अनुरागलाई प्रदान गरिने भएको छ। अनुरागलाई प्रदान गरिने उक्त पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ। अनुराग विगत डेढ दशक भन्दा बढि समयदेखि पत्रकारितामा सक्रिय छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *