भारतीय सेनाले नेपाली सेनालाई दिएको खोप आइपुग्यो
काठमाडौं। भारतीय सेनाले नेपाली सेनालाई दिएको कोरोनाविरुद्धको खोप आइतबार काठमाडौं आइपुगेको छ। सेनाका प्रवक्ता सन्तोषबल्भव पौडेलका अनुसार भारतीय कम्पनी सेरमले उत्पादन गरेको एक लाख डोज खोप आइतबार साँझ काठमाडौं आइपुगेको हो।
यो खोप सेनालाई नै लगाइने जनाइएको छ। सेनाका आश्रित परिवारका सदस्यलाई पनि यो खोप लगाइने सेनाको भनाइ छ। भारत सरकारले यसअघि पनि नेपाल सरकारलाई १० लाख डोज खोप अनुदान दिएको थियो।
यस्तै नेपालले सेरमबाटै २० लाख डोज किन्ने सम्झौता अनुसार १० लाख डोज आइसकेको छ भने बाँकी खोप आउने चरणमा छ। उता चीनले दिने ८ लाख डोज सिनोभ्याक्स खोप पनि केही दिनमै काठमाडौं आइपुग्ने छ। चीनले दिने खोप बेइजिङस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पुगिसेको काठमाडौंस्थित चिनियाँ दूतावासले शनिबार जानकारी दिएको थियो।







डिसी नेपाल







Facebook Comment