माओवादी अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता नेपालबीच गोप्य भेटवार्ता

डिसी नेपाल
१६ चैत २०७७ १४:५७
352
Shares

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटप्रति पार्टीले बारम्बार असन्तुष्टि जनाउँदासमेत एमाले वरिष्ठ नेता माधव नेपाल र प्रचण्डबीच फेरि भेटवार्ता भएको छ।

सोमबार दिउँसो कोटेश्वरस्थित व्यापारी टपेन्द्र तिमिल्सिनाको घरमा प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो। उक्त भेटमा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेपनि सहभागी छन्।

यसअघि पनि प्रचण्ड र नेपालबीच तिमिल्सिनाको घरमा लामो समय छलफल भएको थियो। सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादीलाई पूर्ववत अवस्थामा फर्काएपछि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई सक्रिय बनाएका छन् भने प्रचण्डले माओवादी केन्द्रलाई सक्रिय बनाएका छन्।

पार्टी विधान विपरित काम गरेको भन्दै एमालेले वरिष्ठ नेता नेपालसहित अन्य चार जना नेतालाई प्रष्टिकरण सोधेको थियो। नेता नेपाल र भीम रावलले त्यसको जवाफ पनि दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.