यस्तो छ एमाले अध्यक्ष ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन
फाइल तस्वीर
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन जारी गरेका छन् ।
गत फागुन २८ गते र चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णयलाई कार्यान्वयन गर्न भन्दै ओलीले २० पृष्ठको अन्तरपार्टी निर्देशन जारी गरेका हुन् । पार्टीमा गुटगत मान्यता नदिने र पार्टीका नाममा कसैले मनपरी गर्न नमिल्ने भन्दै ओलीले पार्टीलाई शुद्धीकरण गर्ने अवसर प्राप्त भएको बताएका छन् ।
उनले नेता, कार्यकर्तालाई संगठन विस्तारमा केन्द्रित हुन आग्रह गर्दै संघीय संसद् लगायत प्रदेशसभासहित सबै जनप्रतिनिधि निकायमा प्रभावकारी भूमिका खेल्न निर्देशन दिएका छन् ।
पछिल्लो राजनीतिक परिस्थिति र अदालतको फैसला, पार्टी विधान अनुसार गरिएको बाधा अड्काउ फुकाउको निर्णय, केन्द्रीय कमिटीमा गरिएको मनोनयन, नेताहरुको जिम्मेवारी हेरफेर, महाधिवेशन आयोजक कमिटी गठनलगायतका विषयमा अन्तरपार्टी निर्देशनमा उल्लेख गरिएको छ ।
यस्तो छ पूर्णपाठः







डिसी नेपाल







Facebook Comment