राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारतीय राष्ट्रपतिको स्वास्थ्य लाभको कामना
फाइल तस्वीर
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दको स्वास्थ्य लाभको कामना गरेकी छन् ।
राष्ट्रपति भण्डारीले मंगलबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्ना समकक्षीको स्वास्थ्य लाभको कामना गरेकी हुन् । भारतीय राष्ट्रपति कोविन्दको मुटुको सफल शल्यक्रिया गरिएको छ । शल्यक्रिया सम्पन्न भएकामा खुशी व्यक्त गर्दै राष्ट्रपतिले शीघ्र स्वास्थ्य लाभको कामना गरेकी हुन् ।
यस्तै प्रधानमन्त्री केपी शर्मा अाेलीले पनि ट्वीटरमार्फत कोविन्दको स्वास्थ्य लाभको कामना गरेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment