बर्मामा भइरहेको मानवता विरुद्ध ध्यानाकर्षण गराउन शान्ति समाजकाे विरोध प्रदर्शन

डिसी नेपाल
१७ चैत २०७७ २२:५४
56
Shares

काठमाडौं । म्यानमार (बर्मा) मा जारी हत्या र दमन रोक्न संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायले प्रभावकारी कदम चाल्नुपर्ने मागसहित आज मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । संयुक्त राष्ट्रसङ्घको नेपालस्थित कार्यालय (यूएनहाउस) पुल्चोक अघि दिउँसो भएको प्रदर्शनमा म्यानमारमा भइरहेको हत्या र दमन रोक्न राष्ट्रसङ्घ र समस्त विश्व एक भएर सामूहिक कदम चाल्न आग्रह गरिएको थियो ।

ुप्रदर्शनमा ‘म्यानमारः सैनिक शासन चाहिदैँन’, ‘मान्छे मार्न पाइदैँन’, ‘हत्या, दमन बन्द गर’, ‘लोकतन्त्र बहाली गर’, ‘राजनीतिक बन्दी रिहा गर’, ‘मानव अधिकारको सम्मान गर’ लेखिएका ब्यानर तथा प्लेकार्ड प्रदर्शन गरिएको थियो । प्रदर्शनपछि शान्ति समाजका तर्फबाट संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेजलाई लेखिएको ज्ञापनपत्र नेपालस्थित राष्ट्रसङ्घको कार्यालयमार्फत सञ्चार व्यवस्थापक सिम्रिका शर्मालाई बुझाइएको महासचिव रामकृष्ण बरालले जानकारी दिए ।

प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार उत्तम पुडासैनी, पूर्वसभापति होमकान्त चौलागाईँ संस्थापक महासचिव सुवास ढकाल, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव बराल, पूर्वउपसभापति रेनुका पौडेल, सचिवद्वय नम्रता खरेल र बन्दना सिंह, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्यहरू चन्द्रमणि बञ्जारा र सरस्वती ढकाल, अधिकारकर्मीहरू बलबहादुर गाहा मगर, नानीकाजी गिरी, ईश्वर पुडासैनी, दुर्गा राना मगर (लक्ष्मी), उमा गौतम, सहित ५५ भन्दा बढी अधिकारकर्मीको सहभागिता थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.