शहर देशको अर्थतन्त्रका इन्जिनहरु हुन् : अध्यक्ष ब्याञ्जु

डिसी नेपाल
१८ चैत २०७७ १२:००
64
Shares

काठमाडौं। नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जुले शहरलाई देशको अर्थतन्त्रको इन्जिनका रुपमा प्रयोग गर्न नसकेसम्म देशको समृद्धि नहुने बताएका छन्। विराटनगरमा आयोजित नगरविकास कोषको प्रादेशिक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले शहरहरु देशको अर्थतन्त्रको इन्जिन भएको बताएका हुन्।

उनले भने, ‘शहर भनेको देशको अर्थतन्त्रको इन्जिन हो। त्यो इन्जिन जतिधेरै चल्छ। त्यो देशको आर्थिक त्यति नै वृद्धि हुन्छ।’ शहरीकरणका बारेमा नेपालमा बहस र छलफल पनि एकदमै कम भएको उनको भनाइ छ।

उनले भने, ‘शहरीकरण सम्बन्धि छलफल र बहस साह्रै नै न्यून भइरहेको छ। शहरी सभ्यता, स्वायत्तता, संस्कृति, अर्थतन्त्र, पूर्वाधार र आवश्यक्ता अनुसारको शहरी नीति नियम र योजनाहरुका विषयमा बहस कम हुने गरेको पाइन्छ।’

शहरमा भनेपछि सबैको घरघरमा पानी पुग्नु पर्ने, सबैले शिक्षाका पूर्वाधारहरु पाउनु पर्ने, सबैको घरआँगन सम्म बाटो पुग्नु पर्ने उनको भनाइ छ। उनले स्वास्थ्य, शिक्षा लगायकाका शहरी पूर्वाधारहरु शहरमा पुर्याउन सकिएन भने शहरको अर्थतन्त्रमा परिवर्तन नआउने बताए।

उनले भने, ‘अर्थतन्त्रमा परिवर्तन नआएपछि हाम्रा शहरहरु आर्थिक केन्द्र बन्दैन अनि नामको शहर हुन्छ कामको हुँदैन। हाम्रो खर्च गर्ने थलोमात्र बन्छ।’

विकास कोषले नगरपालिकाको विकासका लागि रणनैतिक योजनाहरु, आगामी दिनमा नगर विकासकोषले गर्न चाहेको नगरपालिकाहरुसँगको सहकार्य समन्वय, नगरको पूर्वाधार विकासमा नगरपालिकाहरुको आवश्यक्ता अनुसारको आर्थिक र प्राविधिक साझेदारी गर्नका लागि छलफलको आयोजना गरिँदै आएको छ। हालसम्म ७ वटामध्ये ५ वटा प्रदेशमा उक्त गोष्ठी सम्पन्न भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.