चीनले सरकारबाट प्राप्त खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाइने

डिसी नेपाल
१८ चैत २०७७ २१:३२
316
Shares

काठमाडौं । चीनले सरकारबाट अनुदानमा प्राप्त कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोप सरकारले ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई लगाउने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले इन्सिडेण्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले पूर्वाधारको हिसाबले अस्पताल छनोट गरी ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने तयारी भएको जानकारी दिए ।

उनले पूर्वाधारको हिसाबले उपयुक्त अस्पतालबाट ती उमेर समूहका व्यक्तिलाई चाँडै नै खोप दिइने बताए । यसअघि सरकारले दोस्रो खोप अभियानअन्तर्गत ६५ वर्षभन्दामाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरेको थियो । चीन सरकारले आठ लाख मात्रा भेरोसेल खोप नेपाललाई उपलब्ध गराएको थियो । उक्त ‘भेरोसेल’ खोप नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट यही चैत १६ गते नेपालमा ल्याइएको थियो ।

नेपालमा अहिले पाँच लाख ४८ हजार मात्रा ‘कोभिशिल्ड’ र चीनबाट प्राप्त आठ लाख मात्रा ‘भेरोसेल’ खोप रहेको छ । सङ्घअन्तर्गतका प्रादेशिक, जिल्ला अस्पताल र सबै आधारभूत अस्पतलामा कोभिड– १९ को सबै उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । कोभिड–१९ परीक्षण गर्ने सबै सरकारी र निजी प्रयोगशालामा तयारी अवस्था राख्ने निर्णय गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.