सशस्त्र प्रहरी स्टाफ तथा कमाण्ड कलेजको छनौट परीक्षामा १० अधिकारी उत्तीर्ण

डिसी नेपाल
१८ चैत २०७७ २२:४७
220
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) का १० अधिकारीले स्टाफ तथा कमाण्ड कलेजको छनौट परीक्षाको लिखित उत्तीर्ण गरेका छन् । केही दिन अघि मात्रै लिइएको परीक्षामा सशस्त्र प्रहरी बलका ३७ अधिकारीहरु सहभागी भएका मध्ये १० जना उत्तीर्ण भएका हुन् । उत्तीर्ण १० मध्ये २ जना कामु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) रहेका छन् भने ८ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) रहेका छन् ।

पास हुनेमा कामु एसएसपीद्वय मनीष थापा र कृष्ण ढकाल छन् भने डीएसपीहरुमा सुरेश गैरे, दलबहादुर पाण्डे, जनक सापकोटा, मोहनबहादुर क्षेत्री, प्रमोद कुमार भारतीय, राधेश्याम धिमाल, सन्तोष बहादुर सिंह र चेतराज जोशी छन् । सो नतिजाअनुसार सञ्चार शाखाका डीएसपी सुरेश गैरेले पहिलो नम्बरमा नाम निकालेका छन् । लिखित उत्तीर्ण परिक्षार्थीहरुको आगामी साता प्रयोगात्मक र अन्तर्वार्ताको परिक्षा हुने त्रिभुवन विश्वविद्यालय जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.