प्रधानमन्त्रीको कार्यालय रहेको भवनमा गृहमन्त्रालय सर्ने
काठमाडौं। यसअघि प्रधानमन्त्री कार्यालय रहेको भवनमा गृह मन्त्रालय सर्ने भएको छ। प्रधानमन्त्रीको कार्यालय पुनःनिर्माण भएको आफ्नो पुरानो भवनमा गएपछि गृहमन्त्रालय त्यहाँ सार्न लागिएको हो।
आज (शुक्रबार) गृहमन्त्री रामबहादुर थापाले कार्यालयको निरीक्षण गरेका गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले डिसी नेपालाइ जानकारी दिए। उनका अनुसार चैत भित्रै मन्त्रालय उक्त भवनमा सरिसक्ने छ।
तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय रहेको उक्त भवनमा २०७२ सालको भूकम्पले प्रधानमन्त्रीको कार्यालय रहेको सिंहदरबाको केही भाग भत्काएपछि प्रधानमन्त्री कार्यालय सरेको थियो।
सिंहदरवारको जिर्णोद्धार गरेपछि करिव डेढ महिना अघि प्रधानमन्त्री कार्यालय उक्त भवनबाट सरेर सिंहदरवार गएको थियो। हाल गृहमन्त्रालय रहेको भवन भत्काएर नयाँ बनाउने सरकारको तयारी छ। गृहमन्त्रालयका केही भवनहरु पुनःनिर्माणमा पनि गरिने भएका छन्।







डिसी नेपाल







Facebook Comment