खनाल–नेपाल समूहद्वारा देशव्यापी अभियान चलाउने

डिसी नेपाल
२० चैत २०७७ १८:२७
136
Shares

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहले देशव्यापी रुपमा संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान घोषणा गर्ने भएको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकमा राष्ट्रिय भेलामा प्रस्तुत दस्तावेजमाथि आएका सुझावहरुसहित कार्यकर्तामाझ पठाउने निर्णय भएको छ ।

अवधारणापत्रमा आएका सुझावमाथि छलफल गरेर भोलि अन्तिम रुप दिएर कार्यकर्तामाझ पठाउने निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिए ।

बैठकले घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही पार्टीको नवौं महाधिवेशनबाट पारित विधान विपरीत र पूर्वाग्रही भएको निष्कर्षसहित त्यसकोे निन्दा र भर्त्सना गरेको छ । त्यस्तै, एमाले ब्युँतिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरेको भन्दै कार्यान्वयन गर्न आग्रह गरेको भट्टराईले बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले चैत १६ गते वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई र बिहीबार नेताद्वय भुसाल र पाण्डेलाई पार्टी सदस्यबाट ६ महिना निलम्बन गर्ने निर्णय गरेका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *