गैँडा गणनामा खटिएको टोलीलाई ध्रुवेले लखेट्दा…

डिसी नेपाल
२० चैत २०७७ २०:१७
100
Shares

कावासोती । गैँडा गणनामा खटिएको टोली माहुते हात्तीबाट लडेर घाइते भएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका–२ नजिकै चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर क्षेत्रमा खटिएका टोलीलाई जङ्गली हात्तीले आज लखेटपछि हात्तीबाट खसेर पाँच जना घाइते भएका चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।

गैँडा गणनामा खटिएका प्राविधिक र माहुते घाइते भएको उनले बताए । गैँडा गणनाको क्रममा जङ्गली हात्तीले गणनामा प्रयोग भएको हात्तीलाई लखेटेपछि प्राविधिकसहित केही माहुते घाइते भएका हुन् ।

गणनामा खटिएको हात्तीलाई जङ्गली धु्रवे हात्तीले लखेटेको प्रमुख संरक्षण अधिकृत बरालले जानकारी दिए । सोही क्रममा भाग्ने क्रममा प्राविधिकसहित केही माहुते घाइते भएको उनले बताए । घाइते हुनेको सङ्ख्या एकीन नभएको भए पनि कम्तीमा पाँच जना हुनसक्ने उनले बताए ।

हात्तीबाट लडेर राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठ, माहुते सर्लाही जिल्लाको हरिपुर नगरपालिका– ७ का ४२ वर्षीय दीपेन्द्र चौधरी र रौटहट चन्दनपुर नगरपालिका– ७, निवासी ५१ वर्षीय पे्रमलाल कहार चौधरीसहित केही घाइते भएको संरक्षण अधिकृत बरालले जानकारी दिए ।

ध्रुवे हात्तीले लखेट्दा कोही हात्तीबाट खसेर कोही भाग्ने क्रममा लडेर र ठोक्किँएर घाइते भएको प्रमुख उनले बताए ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । अरु सामान्य घाइते भएको उनले बताए । गम्भीर घाइते राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी श्रेष्ठको हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि काठमाडाँैं लगिएको छ । अन्य घाइतेको मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा उपचार भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *