आइपिएलमा खेलाडीसहित २० जना कोरोना संक्रमित

डिसी नेपाल
२२ चैत २०७७ १५:४६
360
Shares

काठमाडौं। आइपिएलको १४ औं सिजन सुरु हुन ५ दिनमात्र बाँकी रहँदा खेलाडीसहित २० जना संक्रमित पाइएका छन् । पछिल्लो पटक भारतीय राष्ट्रिय टिमका कप्तान विराट कोहली नेतृत्वको रोयल च्यालेन्जर्स बैंगलोरका ओपनर देवदत्त पडिक्कल संक्रमित पाइएका छन् । उन प्रतियोगिता सुरु हुनै लाग्दा संक्रमित भएका तेस्रो खेलाडी हुन् । पडिक्कल क्वारेन्टाइनमा छन् ।

यसअघि दिल्ली क्यापिटल्सका अलराउण्डर अक्षर पटेल र कोलकाता नाइटराइडर्सका नितिश राणा पनि संक्रमित पाइएका थिए । अहिलेसम्म स्टाफ र खेलाडी गरेर कूल २० जना संक्रमित भइसकेका छन् । शनिबार मुम्बइको वानखेडे स्टेडियममा १० स्टाफ र ६ इभेन्ट म्यानेजरको रिपोर्ट पोजेटिभ आएको थियो । चेन्नइ सुपरकिंग्सको कन्टेन्ट टिमका एक सदस्य पनि संक्रमित पाइएका छन् । आइपिएलको यो सिजनको पहिलो खेल नै बैंगलोरले मुम्बइसँग खेल्नुपर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.