राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा अब्दुल्लाह

डिसी नेपाल
२२ चैत २०७७ १६:४१
140
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार अब्दुल्लाहलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । एएफसी कोचिङ इन्स्ट्रक्टर समेत रहेका अब्दुल्लाहलाई एन्फाले एक वर्षको लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

फिफा विश्वकप छनोटका लागि प्रो लाइसेन्स प्राप्त प्रशिक्षक चाहिने भएपछि एन्फाले अब्दुल्लाहलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । अब उनले विश्वकप छनौटमा नेपालले खेल्न बाँकी रहेको ३ खेल र साफ च्याम्पियनसिपमा नेपाली टिम हेर्ने छन् ।

कतार फुटबल एसोसियसनको सहयोगमा अब्दुल्लाह गत चैत ६ गते नेपाल आएका थिए । एन्फाले मुख्य प्रशिक्षक बालगोपाल महर्जनको स्थानमा उनलाई नियुक्त गरेको हो । महर्जनले हालै नेपाललाई थ्री नेसन्स कपको उपाधि दिलाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.