मेलम्चीका विषयमा माफी माग्नुपर्नेमा प्रधानमन्त्रीले जस लिएको गगन थापाको आरोप

डिसी नेपाल
२६ चैत २०७७ १४:४७
516
Shares

काठमाडौँ। नेपाली कांग्रेसका नेता गगन थापाले मेलम्ची खानेपानी आयोजना निर्माण सम्पन्न हुन ढिला भएकोमा सबैले माफी माग्नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले उल्टो जस लिएको आरोप लगाएका छन् । समयमै सकिनुपर्ने आयोजनाको अवधि लम्बिँदा जनता मर्कामा परेको र यसका लागि जिम्मेवारहरुले माफी माग्नुपर्ने उनले दावी गरे ।

बिहीवार प्रतिनिधिसभा बैठकमा बोल्दैै नेता थापाले ७ देखि ८ बर्षमा सकिने मेलम्ची खानेपानीको आयोजना पूरा हुन २३ बर्ष लाग्नु उचित नभएको बताए । ढिलाइका लागि सबैले माफी माग्नु पर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने चमत्कार भयो भनेर जस लिने प्रयास गरेको उनले बताए ।

प्रधानमन्त्रीले माथिल्लो तामाकोशीका विषयमा पनि आफूले चुनाबी लाभ लिने प्रयास गरेको आरोप लगाए । ‘२०६७ सालमा सुरु भएको माथिल्लो तामाकोशी ०७१ सालमा ८० प्रतिशत सकिएको थियो’ उनले भने ‘०७३ सालमा सकिनुपर्ने यो काम भूकम्पले प्रभावित परेपनि ०७५ सालसम्म सकिनुपर्ने थियो ।’ काम अहिलेसम्म गर्न नसकेर चुनावताका मेलम्चीको जस्तै झुटो जस लिने दाउमा प्रधानमन्त्री ओली रहेको थापाले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *