चार मन्त्रीको सांसद पद खारेज
काठमाडौं। नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्री सांसद पदबाट पदमुक्त भएका छन्। राजनीतिक दल सम्बन्धी ऐनको आधारमा माओवादी केन्द्रले गरेको संघीय संसद सचिवालयलाई जानकारी गराएको सूचनालाई सभामुखल अग्निप्रसाद सापकाेटाले जानकारी गराएका हुन्।
बिहीबार बसेकाे प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको जानकारी गराएका हुन्।
माओवादी केन्द्रका संसदीय दलका नेता प्रचण्डले सोमबार संसद सचिवालयलाई पत्र पठाएर एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली-४ का लेखराज भट्ट, रौतहट-३ का प्रभु साह र कैलाली-३ का गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी दिएका दिए।
नेकपा विभाजनको बेला केपी ओली पक्षमा लागेका यी नेताहरू सर्वोच्च अदालतले एमाले-माओवादीलाई पूर्ववत अवस्थामा फर्काएपछि पनि ओलीको साथ नछाड्ने भन्दै एमालेमा बसेका थिए। सांसद नरहेका उनीहरुलाई मन्त्री भइराख्न पुनर्नियुक्ति गनुपर्ने हुन्छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment