एक करोड ठगेर भागेका घिमिरे प्रहरीको फन्दामा
काठमाडौं। एक करोड रुपैयाँ ठगेर भागेका एकजनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ। बाराको जितपुर सिमरा घर भई काठमाडौंको टोखा बस्ने ३५ वर्षीय महेश्वर घिमिरेलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।
महाशाखाका एसपी कृष्णप्रसाद पँगेनीले भने, ‘आरोपित घिमिरेले कारोबारमा एक परिवारको बिचल्लनै पारिदिएको उजुरी आएको छ। लामो समयदेखि फरार घिमिरेलाई हामीले सुरकारीको आधारमा प्रक्राउ गर्न सफल भएका हौं।’ प्रहरीका अनुसार ललितपुरको एक परिवारको घर जग्गा बेचेर खातामा रकम नभएको बैंकको चेक दिएर फरार भएका थिए।
पाटन उच्च अदालतले घिमिरेलाई पक्राउ गर्न पूर्जीसमेत जारी गरेको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment