दन्त शिविरबाट स्थानीयबासी लाभान्वित

डिसी नेपाल
२७ चैत २०७७ २२:४७
28
Shares

बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ छत्रेबाँझस्थित दाप्चा स्वास्थ्यचौकीमा नेपाल भूतपूर्व सैनिक सङ्घ काभ्र्रेपलाञ्चोकले ‘दन्त शिविर’ आयोजना गरेपछि त्यहाँका बान्सिदाले गाउँमा नै सेवा पाएका छन् । लायन्स क्लब अफ काठमाडौं कञ्चनजङ्घा र समाज डेण्टल हस्पिटलको प्राविधिक सहयोगमा आजबाट दुई दिनका लागि सो शिविर आयोजना गरिएको हो ।

नेपाली सेनाका पूर्वसहायक रथी डा प्रेमसिंह बस्न्यातले कार्यक्रमको उद्घाटन गर्दै भूतपूर्व सैनिकलाई गाउँमा रहेका बासिन्दाको सेवाको लागि आयोजना गरिएको कार्यक्रम प्रशंसायोग्य रहेको बताए । नेपाली कांग्रेसका सभापति मधुप्रसाद आचार्यले दाँतको समस्या झेलिरहेका गाउँलेका लागि सञ्चालित शिविर निकै उपयोगी रहेको उल्लेख गरे।

समस्या भएको दाँत निकाल्ने, भर्ने, सफा गर्नेलगायतका सेवा दिइरहेको शिविरमा सेवा लिनेलाई दाँत माझ्ने मञ्जनसमेत वितरण गरिरहेको आयोजक संस्थाका अध्यक्ष इन्द्रबहादुर दाहालले बताए । शिविरमा पहिलो दिन आज ११० जनाले सेवा लिएका छन् । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *