२३ किलोग्राम अबैध लागुऔषधसहित ३ जना पक्राउ

डिसी नेपाल
१ वैशाख २०७८ २०:५८

काठमाडौं। मकवानपुरमा २३ किलो ग्राम अवैध लागूऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई हेटौंडा उपमहानगरपालिका ११ थाना भ¥याङको सुकुम्बासीटोलबाट प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका १ का ४० वर्षीया चतुरमान मोक्तान, सोही ठाउँका ४७ वर्षकी माया तामाङ र ४७ वर्षकै निर्मला तामाङ रहेका छन्।

मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको ना १ ह ९०९९ नम्बरको अटोलाई चेकजाँच गर्दा २ वटा कपडाको झोलामा लुकाईछिपाई राखेको अवस्थामा उक्त लागुऔषध फेला परेको प्रहरीले जानकारी दिएको छ।

अस्थायी प्रहरी पोष्ट थाना भ¥याङबाट खटिएको प्रहरी टोलीले अटोका चालक चतुरमानसहित अवार माया र निर्मलालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *