कर्णाली प्रकरणपछि शंकर पाखरेलले भनेः समयमै सचेत बनौं

डिसी नेपाल
३ वैशाख २०७८ १९:३६
720
Shares

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले समयमै पार्टी निर्माणमा जुट्नुपर्ने बताएका छन्। कर्णालीमा शुक्रबार एमालेकै सांसदले फ्लोर क्रस गर्दै माओवादी नेतृत्वको सरकार जोगाइदिएपछि प्रतिक्रिया दिँदै पोखरेलले पार्टीमा समानान्तर गतविधिको गन्तव्य कर्णालीकै जस्तो हुने बताएका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘समानान्तर गतिविधिको गन्तव्य कर्णालीको जस्तै हुने हो। समयमै सचेत बनौ, पार्टी र आन्दोलनको रक्षाका लागि निशर्त पार्टी काममा जुटौं।’

मुख्यमन्त्री पोखरेलको सरकारमाथि पनि संकटको बालद मडारिरहेको छ। विपक्षी दलहरुले उनीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन हस्ताक्षर संकलन गरिसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *